काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ६ दिने चीन भ्रमणको क्रममा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा थापाले उच्च सरकारी अधिकारी, जनसुरक्षामन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।
मन्त्री थापाले चीनको पब्लिक सेक्युरिटी मन्त्रालयको कार्यक्रममा सहभागिता जनाउने गृह मन्त्रालयले जानकारी दिएको छ। भ्रमण टोलीमा थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई, गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन्।
गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ।