काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्डले देशको लागि आफूले देखेको सपना पूरा नभएको बताएका छन्।
शनिबार आयोजित अन्नपूर्ण–काठमाडौं समाजको साधारणसभामा प्रचण्डले देशका लागि गनैपर्ने र आफूले गर्न सक्ने काम अहिले सम्म नभएको जनाएका छन्। उनले बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत गर्ने बताए।
दुई पटक देशको प्रधानमन्त्री बनिसकेका प्रचण्डले नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न नसकेको स्विकार गरे। उनले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको जनाए।
पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको प्रचण्डले बताए। तर देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने उनको भनाइ छ।