काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहिबार बस्दै छ।
दिउँसो ४ बजे बस्ने बैठकको मुख्य एजेण्डा सभामुख चयन र राष्ट्रियसभा सदस्य चयन रहेको छ। सभामुख चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुरा नमिलेको बताइएको छ।
सभामुखमा ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउने इच्छा व्यक्त गरेको बताइएको छ। त्यस्तै बैठककले राष्ट्रियसभा सदस्यहरुको छनोट गर्ने जनाइएको छ।