काठमाडौं– अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्यौलमा छ। यसैबीच नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी कुनै पनि हालतमा नरोकिने बताएका छन्।
बुधवार प्रेस संगठन, डडेल्धुरा शाखाकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी कसैले रोक्न नसक्ने बताउँदै संसदबाट सिधै पास हुने जनाए।
एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै मन्त्री बाँस्कोटाले हाललाई एमसीसी संसदबाटै अनुमोदन गरे पनि सबै कुरालाई संसदबाट लैजान भने आवश्यक नरहेको जनाएका छन्।