काठमाडौं — प्रतिनिधि सभाको बुधवार बस्ने भनिएको संसद बैठक सभामुखबारे कुरा नमिल्दा पुनः स्थगित भएको छ।
भोलि १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो भने अर्को बैठक २७ गतेका लागि बोलाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखबारे निर्णय लिन सकेको छैन। आज दिउसो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएता पनि सभामुख बारे निर्णय लिन भने सकेन।