काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आउने निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ सिट जित्ने दाबी गरेका छन्।
चितवनमा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनाव आउन अझै ३ वर्ष रहेको बताउँदै सरकार र पार्टीले राम्रो काम गरिररहेको र त्यसलाई निरन्तरता दिने बताए। उनले पार्टीको काम र सरकारको कामले गर्दा नेपकाले दुई तिहाइ मत ल्याउने बताएका छन्।
प्रचण्डले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवाको काममा अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर १४ गतेको उपनिर्वाचनबाट केही शिक्षा र केही उत्साह प्राप्त भएको प्रचण्डले भन्दै हार्ने कल्पना नगरेको ठाउँमा हारिएको जनाए।