काठमाडौं — प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो। प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ। प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतले तोक्न सक्नेछ।
प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय भएको बताईएको छ। राजधानी अहिले हेटौंडामा छ, त्यहाँ चल्दै गर्छ। प्रदेश सभा गठन भएको २ वर्ष पुग्न लाग्दा पनि प्रदेश ३ ले नाम र राजधानीको टुंगो लगाउन नसकेपछि सो विवाद नेकपा सचिवालयसम्म पुगेको हो।
सभामुखको उम्मेदवार बारे भने आज कुनै पनि निर्णय भएन।