काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्दीय समिति बैठक आह्वान गरेको छ। पुस २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको नेकपाले जनाएको छ।
नेकपाका अनुसार पार्टी एकीकरणसहितका विभन्न एजेन्डामाथि छलफल गर्न न बैठक डाकिएको हो। पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय शनिवारको बैठकबाट गरेको हो।
स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमा धारणा राखेका थिए।