काठमाडौं – सङ्घीय संसदको हिउँदे अधिवेशन आज (शुक्देरबार) देखि सुरु हुँदै छ। बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्नेछिन्। बैठक दिउँसो ४ बजे बस्न शुरू हुनेछ।
हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ। यौन दुर्व्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि स्थान रिक्त छ। शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नेछिन्।
अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संसदीय दलका नेताहरूले स्वागत मन्तव्य राख्ने कार्यतालिका रहेको छ र संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्।
कार्यसूचीको तालिकाहरुः
