कठमाडौं– आउँदो शुक्रबारदेखि संसदमा हिउँदे अधिवेशन सुरु हुँदै छ। प्रतिनिधिसभाको यो अधिवेशनकाे पहिलो एजेन्डा सभामुख चयन हो। संसदको हिउँदे अधिवशेन शुक्रबारदेखि सुरू हुँदैछ।
प्रतिनिधि सभामा यो अधिवेशनको पहिलो एजेन्डा नै सभामुख चयन हो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले भने सभामुखका लागि अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन। पार्टीको जारी स्थायी समिति बैठकमा पनि सदस्यहरूले सभामुखको विषय धेरै लम्ब्याउन नहुने भन्दै छिटै टुंग्याउन शीर्ष नेतालाई अनुरोध गरेका छन्।
तर शीर्ष तहमा सभामुख कसलाई बनाउने विषयमा कुरा नमिल्दा सभामुखको चुनाव कहिले हुन्छ तय भएको छैन। नेकपाका विभिन्न नेताहरूका अनुसार प्रधानन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्नेबारे धेरै पटक कुरा भए पनि सहमति जुटिसकेको छैन।
यसैबीच शीतल निवासले पनि सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै बढुवा गर्न ठीक हुने विचार अघि सारेको छ। प्रधानमन्त्री ओलीले प्रचण्डसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने मत राखिसकेका छन्।
सरकार बनाउँदाताका शक्ति बाँडफाट गर्दा पूर्वमाओवादी केन्द्रलाई सभामुख परेकोले सभामुख आफूहरूले पाउनु पर्ने अडान पूर्वमाओवादी पक्षको छ। पार्टी एकता भइसकेको छ। तर महाधिवेशनसम्म हामी दुई पक्षजस्तो देखिएका छ। पार्टी अध्यक्ष प्रचण्डले भने यी तीनमध्ये कुनै एकको नाम खुलेर लिएका छैनन्। तर तीनमध्ये सापकोटा प्रचण्डका सबैभन्दा नजिक छन्। सशस्त्र युद्ध सुरू भएदेखि अहिलेसम्म उनले सधैं प्रचण्डलाई साथ दिँदै आएका छन्।
पार्टी विभाजित हुँदा गुरूङ र भुसाल मोहन वैद्यसँगै गएका थिए। पछि रामबहादुर थापाको नेतृत्वमा उनीहरू माउ पार्टीमा फर्किए। सापकोटालाई नै सभामुख बनाउने प्रचण्डको चाहना भएको नेकपाका कतिपय नेता नै बताउँछन्। कार्यकारी अध्यक्ष बनेपछि आफ्नै निवास खुमालटारमा भेटन पुगेका पूर्वमाओवादी नेताहरूलाई प्रचण्डले सभामुखका लागि पूर्वएमाले र पूर्वमाओवादी खेमा भनेर हेर्न नहुने बताएका थिए।
उपसभामुख तुम्बाहाम्फेले पनि सभामुख पदका लागि आफ्नो दाबी छाडेकी छैनन्। स्रोतका अनुसार तुम्बाहम्फेले प्रधामन्त्री ओलीसँग यस विषयमा कुराकानी गरेकी थिइन्। ओलीले अर्का अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने जवाफ दिएका थिए। तुम्बाहाम्फेले प्रचण्डलाई सिधै भेटेकी त छैनन् तर उनले अनौपचारिक माध्यमबाट कुरा अघि बढाएकी छन्। स्रोतका अनुसार प्रचण्डले पनि हुन्न भन्ने जवाफ दिएका छैनन्।