काठमाडौं– बिहीबार(मंसिर २६ गते) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्मदिन परेको थियो।
२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड ६५ वर्ष पूरा भई ६६ वर्ष प्रवेश गरेका छन्। बिहीबार बिहानैदेखि पार्टीका नेता, कार्यकर्ता र उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका थिए।
यसैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने दिनको अन्त्यतिर प्रचण्डलाई जन्मदिनको ‘वीस’ गरे। भट्टराईले मध्यराति करिब १२ बजे फेसबुकमार्फत प्रचण्डलाई शुभकामना दिए।
उनले प्रचण्ड र आफू साथै रहेको करिब २७ वर्ष पुरानो तस्बिरका साथै जन्मदिनको शुभकामना आफ्नो फेसबुक पेजमा पोस्ट गरे।
जन्मदिनको हार्दिक शुभकामना क. प्रचण्ड ! भन्दै उनले तस्बिरको वर्णनमा लेखेका छन्।
भट्टराईले सार्वजनिक गरेको उक्त तस्बिरमा देखिएका प्रचण्ड नै हुन वा होइनन् भनी चिन्न मुस्किल पर्ने खालको छ। माओवादी परित्याग गरेपछि प्रचण्डका आलोचक बनेका भट्टराई केसमयअघिदेखि प्रचण्डलाई सम्झिरहेका छन्। उनले बुधबार मात्रै पनि जनयुद्धमा सैनिक पोशाकमा प्रचण्डसँग रहेको फोटो फेसबुकमा पोष्ट गरेका थिए।
यसको पुष्टि उनको फेसबुकले गर्छ। बुधबार पनि उनले जनयुद्धमा प्रचण्डसँगै रहेको फोटो फेसबुकमा राखेका थिए। ठाउँ र सन्दर्भ कुन हो भन्ने नखुलाए पनि गाउँलेसँग खिचिएको
लामो समयको राजनीतिक यात्रामा साथसाथै रहेका प्रचण्ड र डा.भट्टराई कहिले मतभेद राखी टक्राउने र कहिले एकअर्कामा एकाकार भएको भन्ने खालका भाव प्रदर्शन गरिरहेका देखिन्थे। सशस्त्र युद्धकै क्रममा प्रचण्डबाट कारवाहीमा परेका बाबुरामलाई २०६२ कार्तिकमा भएको चुनवाङ बैठकमार्फत कारवाही फिर्ता गरेपछि पुन आफूहरु एक अर्काका परिपूरक भएको बताएका थिए।
३०६३ असारमा पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा एउटै पोशाकमा देखिएर दुवैजना एकगठ रहेको सन्देश दिन खोजेका थिए। माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्रचण्डपछिका मुख्य नेताको रुपमा भट्टराई नै थिए। युद्धका भन्दा निकै पहिलेदेखि एउटै मार्टीमा रहेका बाबुराम र प्रचण्ड युद्धकाल, शान्तिप्रक्रिया हुँदै नयाँ संविधान जारी हुँदासम्म एउटै पार्टीमा थिए।
संविधान जारी भएलगत्तै भट्टराई तत्कालिन माओवादीबाट अलग्गिएका थिए। बैकल्पिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी गठन गरेका उनले उक्त पार्टी पनि धेरै समय टिकाउन सकेनन् र, केही समयअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर निर्माण भएको समाजवादी पार्टीको संघीय अध्यक्ष भट्टराई बनेका छन्।