काठमाडौं– सभामुख बन्न कसरत गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नेकपाले राजीनामा दिन आग्रह गरेको छ। तर शिवमाया भने सभामुख हुने भएपछि मात्र राजीनामा दिने अडानमा छिन्।
यसैबीच सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने जानकारी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताएका छन्।
सम्मेलनमा मन्त्री बास्कोटाले सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको र पार्टीले फिर्ता हुनु भनेपछि सबैले मान्नुपर्ने बताए।