काठमाडाै- सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन्। व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरलाई प्रयोग गर्ने प्रवित्ति बढ्दै गएको छ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन्। उनी महासंघको आसन्न साधारणसभामा जिल्लानगर उपाध्यक्षका दावेदारसमेत हुन्। यसअघि पनि जिल्लानगरमा उम्मेदवार रहेर पराजीत भएका थिए।
सहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रुपमा लिने गरिन्छ। नेफ्स्कुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले दावी गर्दै आएका छन्। सहकारीको राजनीति गरेपनि उनीहरु भने कम्पनीमार्फत व्यवसाय सञ्चालनमै केन्द्रित छन्। यो समाचार आजको कारोबारमा यादव हुमागाईले लेखेका छन्।