विराटनगर– नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरागर्दै महामन्त्री कोइरालाले यस्तो आरोप लगाएका हुन्।
उनले नेकपाको दुई तिहाइको सरकार असफल भइसकेको बताए। बर्तमान सरकारले जन अपेक्षा अनुसारको काम गर्न नसकेको उनको तर्क छ। सरकारले ठूला ठूला सपना बाँडेको तर जनताका सानातिना समस्यासमेतमा ध्यान नदिएको कोइरालाले जनाएका छन्।
अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफ्नो एजेन्डा नभएको बताएका छन्। धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनु पर्ने पक्षमा आफू रहेको उनले प्रतिक्रिया दिएका छन्।