नवलपुर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी एक तर गुट अनेक भएर चुनावमा पराजय भएको जनाएका छन्। आफूहरुबीचकै अन्तर्घातले चुनावी नजिजा आफ्नो पक्षमा ल्याउन नसकिएको उनले बताए।
नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले यस्तो जनाएका हुन्। दुई पार्टीलाई एक बनाएर कम्युनिस्टहरु चुनावमा उत्रिँदा कांग्रेस एक पार्टी भएर पनि दुई गुटमा विभाजन हुनु नै दुर्भाग्य रहेको उनले बताए।
कार्यक्रममा सभापति देउवाले अबकोे योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको स्पष्ट पारे। भारतसँको सीमा विवादका विषयमा इंकित गर्दै उनले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने जानकारी दिए।
उनले सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेलमा लागेको बताउँदै ओली सरकारले राष्ट्रियता जोगाउन नसक्ने आरोपसमेत लगाए।