काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आउदै छ। एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको हो।
प्रधानमन्त्रीकोे उपचारमा संलग्न चिकित्सकहरुको अनुसार उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो हुदै छ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। अङ्ग प्रत्यारोपण गरिएकालाई शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ।
सोमबार प्रधानमन्त्री ओलीलेसो सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको बताएका थिए।