पोखरा– कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएका छन्। उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाएका छन्।
भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ। पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ। अहिलेसम्म १२४ मत बदर भएका छन्। रासस