धरान– शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ। कति क्षेत्रको मतगणना जारी छ। अहिले धरान उपमहानगरपालिकाको मतगणनाकाे चर्चा भइरहेको छ।
धरानको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा भइरहेको छ। जारी अवस्थामा नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेसले पछाडि पारेको छ। मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४ सय ३४ मतले पछाडि पारेका छन्।
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्। हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८ सय ५७ मत पाएको छ। नेकपाले ६ हजार ४ सय २३ मत ल्याएको छ। निर्वाचन कार्यालयलका अनुसार वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३ सय ४० र नेकपालाई १८ सय ४९ मत प्राप्त भएकोे छ।