काठमाडौं– दाङ ३ (ख) मा भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विमला कुमारी खत्रीले अग्रता बढाइरहेकी छिन्। शुरुवातदेखि नै मतान्तर बढाएकी उनले अहिले पछिल्लो अपडेटअनुसार उनी प्रतिद्वन्द्वीभन्दा अघि बढेकी छिन्।
बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले विमलाले ३ हजार ९१३ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत ल्याएका छन्।
उनले जारी अवस्थामा खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन्। यो क्षेत्रमा तत्कालीन एमालेबाट विजयी भएका उत्तरकुमार ओलीको दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो।