दाङ – प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की बिमला खत्रीले शुरुवाती अग्रता लिएकी छिन्।
जारी मतगणनामा बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा खत्रीले बिमलाले १ हजार ९ सय ६ बत पाएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११ सय ३४ मत पाएका छन्।
यससँगै खत्री ७ सय ७२ मत अन्तरले अगाडि छिन्। त्यसैगरी राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाएका छन्।