कास्की– शनिबार भएको उपनिर्वाचनको कति ठाँउको मतपरिणाम आइसक्यो भने कति ठाँउमा मतगणना अहिले पनि जारी छ। कास्की–२ को उपनिर्वाचनमा भने नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता दोब्ब्र बनाएकी छिन्।
पोखरा महानगरपालिकाबाट भइरहेको मतगणनामा सुरुदेखि नै अग्रता बनाएी विद्याले ११ हजार ८ सय ३६ मत ल्याएकी टिन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ मत पाएका छन्।
स्रोतका अनुसार अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ। अहिले वडा नं. १६ को मतगणना भइरहेको छ। मतगणनाको नतिजा आज नै आइसक्ने बताइएको छ।