कास्की– कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा ४५ प्रतिशतभन्दा बढी मत खसिसकेकाे बताइएको छ। करिब २ बजेसम्मको अवधिमा उक्त परिमाणमा मतदान भएको हो।
प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशत भन्दा बढी मतदान भएको बताउका छन्। कास्की–२ उपनिर्वाचन हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो। यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो।
जारी उपनिर्वाचनमा उक्त क्षेत्रमा ७१ हजार ८७१ जना मतदाता रहेका छन्। विहान ७ बजेदेखि शुरु हुने भनिएपनि ७ः३० बजेबाट मात्र मतदान शुरु भएको थियो। तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।
उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि तीन घेरामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सुरक्षा दिइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। निर्वाचन हुने स्थानलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजजन गरेर त्यहाँ आवश्यकता अनुसारको पोशाकमा तथा सादा पोशाकमा प्रहरी खटाइएको छ।