जनकपुरधाम– राष्ट्रपति विद्यादेवी भण्डारी सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी जनाउन जनकपुरधाम पुगेकी छिन्। नेपाली सेनाको हेलिकप्टरकोमार्फत उनी जनकपुरधाम पुगेकी हुन्।
जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेलगतै राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको बताइएको छ। राष्ट्रपति भण्डारी ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुगेर भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको छ।
धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन्। मंसिर १५ गते आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ।
राष्ट्रपतिबाट जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णबले बताए।