काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुपा न्युगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुपा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनायो।
पपुवा न्युगिनीका चाद सोपरले अविजित ३६, आसद भालाले ३६, सेसे बाउले ३१, किप्लिङ डोरिगाले २९ र नर्मन भानुआले २५ रन बनाए।
पपुपा न्युगिनीलाई सस्तैमा समेट्न नेपालका गुल्सन झाले ३, कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए।
नेपालले आजको खेलमा प्रतिश जि.सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ। प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७औं खेलाडी हुन्।