रामेछाप । रामेछापका एक जनाले छोरीको हत्या गरी आत्महत्या गरेका छन् । रामेछापको खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो सात वर्षीय छोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको भेटिएको काठमाडौंका एसपी दिनेस मैनाली जानकारी दिए ।
सात वर्षीय छोरीको हत्या गरेर आफू पनि आत्महत्या गरेका भण्डारीले लेखेको सुसाइड नोट भेटिएको एक प्रहरी अधिकारीले जनाएका छन् ।
एसपी मैनालीका अनुसार उनकी श्रीमती भने बाहिर रहेको खुलेको छ । घटानाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
भण्डारी परिवार पछिल्लो समय काठमाडौंको पुरानो बानेश्वर बस्दै आएका थिए । भण्डारी केही वर्षदेखि फार्मेसी संचालक गरेको खुलेको छ ।