काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई हजार ४८० जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५४ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७२१ जना सक्रिय कोरोना संक्रमित छन् ।
![No photo description available.](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t39.30808-6/311584844_426905239617437_7511382317431748691_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=RC1yVjGzzKUAX-s3BQW&_nc_oc=AQlWMQMw3piEESN6SJAUl0FSzAbZwYEIz3ViVAM7rRspJNeDkFBprNGBXgjcSMlltUQ&_nc_ht=scontent.fktm7-1.fna&oh=00_AT-0ue-QPAONMcPGxv9tK3WD-YOLBmIBm8XEVFSI2Rr07g&oe=6356B23A)