काठमाडौं । प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एवं एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने भएको छ । बुधबार (साउन २८) गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो ।
लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ ।
गएको शुक्रबार (साउन २३) राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको हो । कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो भने कयौ घाइते भएका थिए ।