कैलालीको चुरे गाउँपालिकाको खानीडाँडाबाट १६ किलो चरेससहित दुईजना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले १६ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो ।
सोमबार राति बझाङबाट धनगढीतर्फ आइरहेको से १ ज ७१८ नम्बरको जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा बझाङको बुङगल नगरपालिका ११ का २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।