काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका छन् ।
नेकपामा विवाद बढेपछि स्थगित स्थायी कमिटीको बैठक प्रचण्डले हिजो बालुवाटारमा बसालेका थिए । बैठक सकेपछि मन्त्रालय पुगेका भुसालले आफूनिकट केही युवा केन्द्रीय सदस्य बोलाएर छलफल गरेका थिए । छलफलमा केन्द्रीय सदस्यले भुसालले मन्त्री पदको लोभ मानेर ओलीको बचाउ गरेको भन्दै प्रश्न गरेका थिए ।
मन्त्रालयमा भएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने ‘उहाँले अहिलेको अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुँदैन भन्नुभयो । हामीले त्यसको विरोध ग¥यौ । एक जनाले तपाईंको मन्त्री पद जान्छ भनेर हो ओली बचाउनु पर्ने । मन्त्री त प्रचण्डले पनि दिन्छन् तपाईलाईं ।’
छलफलमा भएको कुरा भन्दै एक नेताले भने ‘घनश्याम कमरेडले हाँस्दै त्यस्तो होइन भन्दै जवाफ फर्काएका थिए । तर सहभागी केन्द्रीय सदस्यले ओलीले जसरी पनि रािजनामा दिनुपर्ने कुरामा अडान लिन सल्लाह दियाैं ।’