काठमाडौं– शरीरको अंगमध्ये सबैभन्दा संवेदनशील अंग हाे ओठ। सौन्दर्यमा महत्व राख्ने ओठ व्यक्ति अनुसार विभिन्न आकारका हुन्छन्। तर, ओठबारे केही तथ्य छन, जुन अधिकांशलाई थाहा नहुन पनि सक्छ।
१) औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन, ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन। ओठमा डन्डिफोर पनि आउँदैन। उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन्, शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ। कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ।
२) ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ। खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ, मानव शरीरको छालामा १६ वटा तह हुन्छन्। तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन्। यही कारण ओठ राता र गुलाबी हुन्छन्। शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ। शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ, आइरन वा फोलेटको कमीले पनि फुट्छ।
३) शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन्। ओठमा धेरै नसाको अन्त्य हुन्छ। त्यसैले संवेदनशील हुन्छ। ओठमा झन्डै १० लाख नसा हुन्छन्। ओठ औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ। ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ।
४) ओठको चुम्बनले मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो। यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ। आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने चलनले पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिक अवधारणा छ।