काठमाडौं – एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन पीआरबिटी को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न ब्यवस्था मिलाएको छ। अब आफ्नै धुन बनाई बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्ने ब्यवस्था मिलाएको छ।
एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’ को नयाँ भर्सन ल्याएको हो। यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन्।
यो योजना सोमबार असोज ६ बाट संचालनमा आउँदै छ। प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ। त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २०,००० पुरस्कार स्वरुप प्राप्त गर्नेछ। विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक रुपमा प्रशारण गरि पुरस्कार वितरण गरिने छ।
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ। त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ। यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ।
धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन्। यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्क्भित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ।
ग्राहकमा रहेको प्रतिभाको उजागर गर्न सहयोग गर्ने यस्तो योजना ल्याउन पाएकोमा कम्पनी हषिर्त रहेको एनसेलले जनाएको छ। प्रिपेड योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन।
लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ। यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहने जानकारी दिएको छ।