काठमाडाैं — आज शुक्रबार सुन/चाँदीको मूल्य फेरी बढेको छ। अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन (बिहिबार) प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको हो।