काठमाडाैं — रेडमीले नेपालमा रेडमी सेभेन ए को मूल्य घटाएको छ। जसको मूल्य १० हजार ९ सय ९९ रहेको छ। यसमा २ जीबि र्याम र ३२ जीबि रोम रहेको छ।
यसमा ५.४५ इन्चको एलसिडि एचडि प्लस डिस्प्ले रहेको छ। रेडमी सेभेन ए को रियर क्यामेरा १२ मेगापिक्सेलको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।
एन्ड्रोइड ९ मा आधारित यो फोनमा ४ हजार एमएएचको ब्याट्री रहेको छ। यसमा क्वालकमको स्न्यापड्रयाग्न ४ सय ३९ प्रोसेसर रहेको छ। यसमा वायरलेस एफएम रेडियोको सुविधा रहेको छ। यसमा २ वर्षको वारेन्टी पनि रहेको छ। रेडमी सेभेन ए को यो भन्दा अगाडीको मूल्य ११ हजार ४ सय ९९ रहेको थियो।