काठमाडौं — विगत एक सातादेखि ओरालो लागेको सुनको मूल्य सोमबार एकाएक महँगिएको छ। एकै दिन तोलामा ११ सय रुपैयाले सुन महँगिएको छ।
अघिल्लो दिन आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। यस दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय डलर नाघेको छ।
सुन सँगै चाँदीको मूल्य पनि महँगिएको छ। यस दिन प्रतितोला २५ रुपैयाँले चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी सोमबार ८ सय ६५ रुपैयाँ पुगेको छ।