काठमाडाैं — पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४ सयले घटेको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६सयमा कारोवार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९ सय कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३ सयमा कारोवार भएको थियो। पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ।
सुन भदौ २६ र २७ गते प्रतितोला रु २ सय र २ सय ले घटेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ। नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेर प्रतितोला रु ८ सय ४० पुगेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला रु ८ सय ७० मा खरीद–बिक्री भएको थियो ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ।
आज विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ। यसअघि सुनको मूल्य प्रतिअाैँसत एक हजार ५ सय ४० अमेरिकी डलरसम्म पुगेको थियो।