- श्रीविलास दाहाल
समाजमा सञ्चालित कुनै पनि संस्थामा व्यक्ति निर्माणको काम भएन भने त्यो संस्था चल्न सक्दैन। नियम, कानून र अनुशासनले मात्र संस्था दीर्घकालीन र सिद्धान्तवादी हुँदैन। झन् राजनीतिक संगठनमा त व्यक्ति निर्माणको ठूलो महत्त्व छ। अनुशासन र सिद्धान्तले पार्टीमा राम्रा व्यक्तित्व निर्माण हुने भएदेखि एमाले र माओवादीमा सिद्धान्त र अनुशासनको कुनै कमी थिएन। आज त्यही पार्टीका धेरै मान्छे संस्थागत भ्रष्टाचार गर्ने, दलाल पूँजीवादीको चंगुलमा फस्ने किन भयो?
धेरै वर्षपछि झल्याँस्स ब्यूँझेर कांग्रेसले एक चरण जागरण अभियान सकेको छ। नेपाली कांग्रेसको शासनको प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको शासनकाल सिद्धान्तका लागि कांगे्रसलाई सारै हानिकारक रह्यो। खुला अर्थतन्त्र र प्रतिस्पर्धी बजारको अवधारणा भित्र्याएर बाघ र बाख्रालाई एउटै खोरमा थुनेर प्रतिस्पर्धामा बाँच भनियो, जो प्राकृतिक न्यायको हिसाबले पनि सम्भव थिएन। संरक्षणको मर्मलाई बुझ्ने काम भएन। प्रतिस्पर्धालाई वर्गीकरण गर्न सक्नु पर्थ्यो। पुराना व्यापारी, साना, ठूला व्यापारी, कालोधनवाला, भ्याट ठगवाला सबै एउटै बाँस्केट र प्रतिस्पर्धामा सामेल गरिए। देश लुटे र लुटिरहेका छन्।
यसले गर्दा समाजमा आर्थिक विकास र आर्थिक क्रियाकलाप त देखिए, तर झस्केलाबाट, कानूनका छिद्र टेकेर डरलाग्दो माफिया अर्थतन्त्रको विकास भयो। दलाल पूँजीपतिको विकास भयो। दलाल पूँजीपतिलाई कुनै लाजशरम र धर्ममर्म केहीको पर्वाह छैन। सामाजिक दायित्वको पर्वाह छैन। परम्परागत पुँजीवाद त अलिकति डराउने गथ्र्याे, धर्मकीर्ति राख्थ्यो। यसमा केही छैन, एनी हाउ पैसा कमाउ पारा छ।
त्यस्तै संस्कारले गर्दा नै नेपालमा विभिन्न गुठी, दातव्य, निःशुल्क औषधालय, विद्यार्थीलाई घरमा खान बस्न दिएर पढाउने, गुरु, ज्योतिषि, तान्त्रिक, धामी भेटिन्थे। चौतारामा पाटीपौवा, वरपिपल, कुवा, गौचरन आदि इत्यादि भेटिने गर्थे।
धेरै वर्षपछि झल्याँस्स ब्यूँझेर कांग्रेसले एक चरण जागरण अभियान सकेको छ। नेपाली कांग्रेसको शासनको प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको शासनकाल सिद्धान्तका लागि कांगे्रसलाई सारै हानिकारक रह्यो। खुला अर्थतन्त्र र प्रतिस्पर्धी बजारको अवधारणा भित्र्याएर बाघ र बाख्रालाई एउटै खोरमा थुनेर प्रतिस्पर्धामा बाँच भनियो, जो प्राकृतिक न्यायको हिसाबले पनि सम्भव थिएन।
हिजोआज नेपालमा सर्वाधिक दलाली र भ्रष्टाचार शिक्षा क्षेत्रमा छ। २०३६ सालको जनमत संग्रहपछिको खुकुलोपनमा शिक्षामा अराजकता ल्याउने काम नक्सलवादी कम्युनिष्टले गरे। स्कुल पढाउन भनेर स्कुलमा प्रवेश गरे, पहिले त हा.टा. अर्थात् हाजिर गरेर गाएब, पार्टीको काम पढाए पनि कम्युनिज्म कार्यकर्ता उत्पादन गर्ने कारखाना, आज डिग्रीधारी शैक्षिक बेरोजगारको डरलाग्दो स्थिति देशमा देखापरेको छ।
अर्को डरलाग्दो क्षेत्र हो– स्वास्थ्य क्षेत्र। मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री हुँदा एकजना महिला स्वास्थ्यमन्त्री थिइन्– सुशीला थापा। दरबारको स्वीकृति लिएर प्रधानमन्त्रीको सहयोगले काठमाडौँमा एक दुइटा ‘नर्सिङ होम’ खोल्न दिने कुरा उठ्यो। त्यतिखेर वीर अस्पताल, टिचिङ, त्रिपुरेश्वर र पाटन अस्पताल आदिले काठमाडौँको आवश्यकता धानेकै थियो, किन दिने? भन्ने कुरा पनि उठे। आखिर दिने निर्णय र मापदण्ड तोकिए।
श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पूरा गर्न नसकेर ‘नर्सिङ होम’ अर्थात् निजी अस्पताल खुल्न सकेनन्। आज मेडिकल माफियाका चमत्कारले गिन्ती गर्न नै नसकिने निजी अस्पताल गल्लीगल्लीमा खुलेका छन्। कुनै मापदण्ड छैन। सामान्य नेपाली नागरिकको पहुँच छैन। टिचिङ अस्पताल कवाडी जस्तो देखिन्छ। साँघुरो, जापान सरकारको मापदण्ड चलेन। त्यहीँ आँखा अस्पताल, त्यहीँ मनमोहनका नाममा अस्पताल?
रामशरण महत र महेशजीको जोडीले बडो क्रान्तिकारी घोषणा गर्यो। प्रजातान्त्रिक सरकारले व्यापार गर्दैन तर व्यापार गर्ने व्यापारी पनि पछि परे। कौडीका भाउमा सरकारी कलकारखाना बेचिए। हिजोआज कहिलेकाहीँ रामशरणजी दलील दिनुहुन्छ, बाँसवारी छालाजुत्ता कारखानामा त्यति राम्रो मुटुरोग निको पार्ने अस्पताल बन्यो, चपल जुत्ता कारखाना पनि फस्टाएका छन् ‘कुतर्क !’ भृकुटी कागज कारखानाचैँ के भयो? सरकारसँग सस्तोमा किनेर सरकारलाई नै महँगोमा बेचिखाए यस्तै अरू पनि स्वाहा भए।
विपक्षी नेताको हैसियतले त्यत्रो राम्रो अरुण तुहाउने काम माधव नेपालले गरे, पूर्वाग्रहले पूर्वमा कांग्रेसको प्रभाव बढ्छ भनेर। आखिर एमालेले काँग्रेसले मूलधारमा लाइदिएको कुत आजसम्म मजाले खाइरहेको छ। नयाँ के चैँ गरेको छ नेपालका कम्युनिष्टले?
यी सबै माथिका गुनासा गर्नुपर्ने कारण के हो भने जेजस्तो भए पनि देश चलाउने राजनीतिक दलले नै हो। जागरण अभियानमा यस्ता सबै कुराको विश्लेषण, तर्क–वितर्क गर्नुपर्ने हो, त्यस्तो देखिएन। विभिन्न राजनीतिक पर्वका समारोह, दिवंगत नेताहरूका स्मृति दिवस जस्तो बनाएर जागरण हुँदैन। भरसक महिना दिन नत्र भने एक साताको एक ठाउँमा जागरण शिविर चलाउनु पर्छ। पञ्चायतकालमा जाचँबुझ समितिले गरेको शैली पो भयो।
नेपाली कांग्रेसका अनेक पदाधिकारी छन्। संगठन मन्त्री छैन। संगठन लथालिंग छ। कांग्रेसले न त आफूलाई राम्रो बनाउन सक्यो न त विपक्षीलाई राम्रो र जिम्मेवार बनाउन सक्यो। सबैले समय समयमा कांग्रेसलाई नै उपयोग गरेर आफू बलिया भए भने कांग्रेसचैँ प्रत्येक वर्ष खिइँदै गयो। प्रारम्भदेखि नै यस्तै भइराखेको छ। जसले जे भने पनि लोकतान्त्रिक अग्रणी पार्टी भनेको नेपाली कांग्रेस नै हो। आखिर यो पार्टी अघि नसरे केही हुँदैन।
२०४६ सालको परिवर्तनमा गणेशमानजीले ठूलो रिस्क लिएर नक्सलाइट र माक्र्सवादीसँग संयुक्त कार्यक्रम सञ्चालन गर्नुभयो। २०४८ सालको आमचुनावपछि भएको कम्युनिष्टले कस्तो विपक्षको भूमिका निभायो? निर्वाचित प्रधानमन्त्रीलाई महिनौँ सिंहदरबार पस्न दिएन। रेलिङ तोड्ने, त्यतिबेलाको सञ्चारको एकमात्र साधन, विटहरू फुटाउने, विपक्षी नेताको हैसियतले त्यत्रो राम्रो अरुण तुहाउने काम माधव नेपालले गरे, पूर्वाग्रहले पूर्वमा कांग्रेसको प्रभाव बढ्छ भनेर। आखिर एमालेले काँग्रेसले मूलधारमा लाइदिएको कुत आजसम्म मजाले खाइरहेको छ। नयाँ के चैँ गरेको छ नेपालका कम्युनिष्टले?
नेपाली कांग्रेसको आपसी कलहले मध्यावधि चुनाव भएको हो। तर, जिम्मेवार विपक्षले रोक्ने प्रयासै गरेन। उनीहरू कांग्रेसको कलहबाट आफू बलियो हुने चक्करमा लागे तर देश त भयंकर अस्थिरतामा होमियो। मध्यावधिको करेक्सन आजसम्म हुन सकेको छैन, परिवर्तन रोकिने थिएन।
जनजातिबाट उपप्रधानमन्त्री–कार्यवाहक प्रधानमन्त्री भएका राई, लिम्बू र तामाङ छन्, भीमबहादुर तामाङ, महिलाबाट नेपालकै पहिलो मन्त्री द्वारिकादेवी, शैलजा आचार्य र मंगलादेवी आदि देशका कतिपय कार्यकर्ताले नामै सुनेका हुँदैनन्।
कांग्रेसका जिम्मेवार केन्द्रीय सदस्यले प्रचारमा ल्याएका संगठनका तथ्य हेर्दा डर लाग्छन्। शेरबहादुर देउवा पार्टीको सभापति भएर आएपछि धेरै वर्षदेखि तदर्थमा रहेका भ्रातृ संगठन तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघको त चुनाव गराए अरू संगठनको हुन सकेन। अहिले वडा तहमा ६ हजार सात सय त्रिचालिस स्थानीय तहमा सात सय पैँतिस, प्रदेशमा तीन सय तीस निर्वाचन क्षेत्रमा एक सय तेह्र संगठन छैनन्। केही एमाले, माओवादी र अन्य नयाँ भित्र्याए भनेर प्रचार गरिँदै छ। यो कस्तो विडम्बना? आफ्नालाई सम्हाल्न सकेको छैन।
सभापति शेरबहादुरको टिममा धेरै नेपाली विद्यार्थी संघका नेताहरूको बाहुल्य छ तर नेविसंघलाई सक्रिय र प्रभावशाली बनाउनु पर्छ, उनलाई अध्ययन र योग्य बन्न पनि प्रोत्साहित गर्नुपर्छ। बरु कांग्रेसपछि सशक्त, सैद्धान्तिक रूपमा तरुण दललाई त्यो पनि अलिकति नाम फेरेर ‘नेपाल समाजवादी तरुण दल’ बनाएर अघि बढाउनुपर्छ। सत्ताभन्दा सिद्धान्त बलियो चाहिन्छ।
अर्को समस्या जसलाई महत्त्व दिइँदैन। तराईमा मुस्लिम, जनजाति, महिला, दलितका व्यक्तित्वलाई अघि बढाइँदैन। नेपाली कांग्रेसमा यस्ता व्यक्तित्व नभएका होइनन्, तराईमा महेन्द्रनारायण निधि, रामेश्वरबाबु आदि। मुस्लिम समुदायबाट शेख इद्रिस अरू पनि होलान्? जनजातिबाट उपप्रधानमन्त्री-कार्यवाहक प्रधानमन्त्री भएका राई, लिम्बू र तामाङ छन्, भीमबहादुर तामाङ, महिलाबाट नेपालकै पहिलो मन्त्री द्वारिकादेवी, शैलजा आचार्य र मंगलादेवी आदि देशका कतिपय कार्यकर्ताले नामै सुनेका हुँदैनन्।
संघीय, लोकतान्त्रिक, गणतन्त्रका कुरा, समाजवादबारे भ्रम निवारण, संसदीय व्यवहार, न्यायालयको सर्वोच्चता, प्रेस स्वतन्त्रता, मानवअधिकार, नागरिक अधिकार, कानूनी राज्य, भ्रष्टाचार सबै पक्षमा जागरण ! अन्तिम समस्या सभापति, कांग्रेसको सभापति त प्रारम्भदेखि नै डिक्टेटर हो। त्यतिखेर तानाशाही भए पनि संस्थाका लागि भन्ने कार्यकर्तालाई विश्वास थियो। अहिले त्यो विश्वास हटेको छ। त्यति मात्र हो।