- श्रीविलास दाहाल
अंग्रेजी भाषामा एउटा उखान छ, ‘प्रपर म्यान प्रपर प्लेस।’ यो एउटा ठूलो सिद्धान्त हो। यसको व्यावहारिक प्रयोग, राजनीतिक र सत्ता तथा सम्पत्ति आफ्नो अधीनमा राख्ने लालसाले पूरा हुन पाएको छैन। योजना, पेपरवर्क, भुक्तानी सबै व्यावहारिक देखिन्छ। तर, वास्तविक व्यवहार कार्यान्वयनको पक्षमा भने साह्रै निराशलाग्दो देखिन्छ।
यसलाई उदाहरणका रूपमा व्याख्या गर्दा कसरी गर्न सकिन्छ भने जनताले विजय गराएर पठाएको सांसदलाई आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो होस् भनेर संसदले केही सुविधा दिएको हुन्छ। जस्तै– कार्यालय सहयोगी र अन्य सुविधा। उसले त्यो सुविधा सांसदको काम, कर्तव्य सजिलो होस् भनेर गर्दैन, त्यो पैसो कि त पाकेट खर्चमा उपयोग गर्छ, कि त आफन्त, कि त चेला चापटमा खर्च गर्छ। त्यस्तो चेलाले सांसदलाई बदनाम गर्ने काम मात्र गर्ने हो।
मन्त्रीको हकमा त हरे शिव ! भनिसाध्य छैन। सबै आफैँ झ्वाम, नसकिने भए आफ्नो आसेपासे सबै राखेर आफ्ना पोस्ने काम, मन्त्रालयका घर, बगैँचा, फूलबारी सबै हेरिनसक्ने पारेर हिँड्ने कार्य हुन्छ। कोही कोही त अर्को पल्ट मैँ मन्त्री हुने हो भनेर मन्त्री क्वार्टर नै छोडेनन्। मन्त्रालयको त के वर्णन गर्ने? अस्ति भर्खरै मन्त्री मातृका यादवको मन्त्रालयमा भएको गाईजात्रा, झन्डै कुटाकुट, आपूर्ति मन्त्रालय कमाऊ मन्त्रालय, सरकारी कर्मचारी युनियनको पनि गिद्धे दृष्टि, मन्त्रीका लागि पीएसम्म पनि मन्त्रालयले गर्नुपर्ने भो।
यो राम्रो मान्छेभन्दा आफ्नो मान्छे खोज्ने प्रवृत्ति, शाहकालमा त कसको छोरो, कसको नाति, कहाँ घर, के थर? सम्म हुन्थ्यो र सरकारी नियुक्ति पाउँथे। राणाकालमा यो झन् बढेर गयो। एलसेसियन कुकुरले अपराधी सुँघेजस्तो, मेरो बफादर होहोइन भन्ने भयो, यो प्रवृत्ति आजसम्म कायम छ।
नेताको विचार र इच्छाअनुुसार चल्न कति गाह्रो रहेछ भन्ने कुरा योग्य मान्छे योग्य ठाउँमा पुग्दा अर्को समस्या देखा पर्यो अर्थमन्त्रीलाई। तानेर ल्याएका मान्छे परे अर्थमन्त्री। प्रारम्भमै श्वेतपत्र जारी गरेर झुटको खेती गरे, यो पल्टको बजेट भाषणले उनलाई तीनचित पार्ने निश्चित छ।
२००७ सालको क्रान्तिपछि पनि यो प्रवृत्ति हराएन। तर, मेरा मान्छे भनेर विश्वास गरेकाले विद्रोह गरे। यसको राम्रो उदाहरण त डा. तुलसी गिरी र विश्वबन्धु थापा नै भए। उनीहरूलाई बीपीले आफ्ना मान्छे भनेर विश्वास गरेका थिए। उनीहरूले राजा महेन्द्रलाई साथ दिए। धेरै कम्युनिष्ट र कांग्रेस दुवैले आफ्नो सिद्धान्त, पार्टी, नेता, सबैलाई धोका दिए।
दलीय राजनीतिमा पार्टीका नेतालाई सर्वोच्च ठाउँमा पुगेपछि आफ्नो विश्वासिलो मान्छे चाहिन्छ। तर, त्यो विश्वास गरेको मान्छे सिद्धान्तवादी रहेछ भने त अलिक दिन या सधैँभरि टिक्ला, सत्ता र सम्पत्तिको भोको रहेछ भने त रैँदालो गर्न थाल्छ। सही ठाउँमा सही मान्छेको छनोट भएन भने कति अप्ठेरो पर्ने रहेछ भन्ने कुरा त अहिलेका प्रधानमन्त्री ओलीको टिमलाई हेरे पनि पुग्छ।
टेक्निकल हिसाबले पत्रकारिता पनि गरेका, पार्टीले निर्वाचनमा टिकट दिएर जितेका सञ्चारमन्त्री छन्। ठीक ठाउँमा ठीक मान्छे भन्न मिल्ने खालका भएनन्। उनी सञ्चारमन्त्रीले जानु नपर्ने ठाउँमा जाने, बोल्नु नपर्ने कुरा बोलिदिने, मिडियाको यत्रो विकास भएको छ, यसलाई कसरी व्यवस्थित गर्ने भनेर आफ्ना अग्रज पत्रकार, अरू प्रेस जगतका काठमाडौँमा भएका विदेशी पत्रकार कसैसँग अन्तरक्रिया गर्दैनन्। सातै प्रदेशमा पुगेका पनि छैनन् होला उनी, प्रधानमन्त्रीलाई खुसी पार्ने चक्करमा काठमाडौँ र काभ्रेको चक्करमात्र लाएर प्रधानमन्त्रीलाई अप्ठेरो मात्र पार्छन्।
नेताको विचार र इच्छाअनुुसार चल्न कति गाह्रो रहेछ भन्ने कुरा योग्य मान्छे योग्य ठाउँमा पुग्दा अर्को समस्या देखा पर्यो अर्थमन्त्रीलाई। तानेर ल्याएका मान्छे परे अर्थमन्त्री। प्रारम्भमै श्वेतपत्र जारी गरेर झुटको खेती गरे, यो पल्टको बजेट भाषणले उनलाई तीनचित पार्ने निश्चित छ।
पाकिस्तानका एक जना परराष्ट्रमन्त्रीको विम्ब आयो। तिथि, मिति र उनको नाम थाहा भएन। तर, पाकिस्तानमा जुन जस्तो सरकार बने पनि उनी परराष्ट्रमन्त्री बन्थे। उनको छवि त्यस्तो बनेको थियो। पकिस्तानको परराष्ट्र नीतिलाई उनले सही ढंगले अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्छन् भन्ने सबैलाई विश्वास थियोे।
सरकारका दुईवटा मन्त्रीको पनि चर्चा गर्नु सामयिक होला। वर्तमान परराष्ट्रमन्त्री र गृहमन्त्रीले त झन् उदेकै गरेका छन्। गृहमन्त्रीले त अलिकति प्रहरीका चिफ र अनुसन्धानका चिफलाई दोष लाएर उम्किने ठाउँ छ। तर, विचरा परराष्ट्रमन्त्री ! यत्रो संसारको व्यापकता भएको जमाना ‘ड्रेसकोट’सम्मको होस छैन। हिजोआज ‘बडील्याङ्वेज’का कुरा छन्। हाँस्न पनि ढंगले आउँदैन। यी दुई जनाचैँ योग्य मान्छे योग्य ठाउँमा नपरेकै हुन्। यो दोष त प्रधानमन्त्रीकै हो। मन्त्री हुनेले पनि खान्नँ भन्न नसक्ने।
राजनीतिक व्यक्तित्वहरूको त समयले परिवर्तन र परिपक्वता ल्याउला भन्न सकिन्छ। कर्मचारीतन्त्रमा त त्यो पनि छैन। यसमा पञ्चायतकालको एउटा उदाहरण उल्लेख गर्नु नै सामयिक होला। एक जना भूमिसुधारका हाकिम रहेछन्। कान पनि राम्ररी नसुन्ने, दुई वर्षपछि अवकाश पाउने। त्यतिखेर उनी कुन शक्ति केन्द्र रिझाएर कञ्चनपुर जिल्लाको सीडीयो भएर गएछन्। भारतसित बैठक बसिरहनुपर्ने, उताको ब्युरोक्रेसी त्यस्तो छैन। विचरा सीडीओ पछि पछि त बैठकमै जान डराउन थालेछन्।
अब अहिलेका राजदूतको नियुक्ति, यसलाई कसरी र कति व्याख्या गर्ने? राजनीतिक भागबण्डाले सबै ध्वस्त पार्यो। विभिन्न संवैधानिक पदाधिकारीका नियुक्ति, हुँदाहुँदा गोरखापत्रको सम्पादकसम्म भागबण्डा। यस्तो पाराले त कसरी देश, समाज, राजनीति चल्छ? यस्तो असहिष्णु र अविश्वास अनि छाडापनले देशलाई कहाँ पुर्याउँछ? अझै अद्योगतितिर लान्छ।
मेरो स्मृतिमा पाकिस्तानका एक जना परराष्ट्रमन्त्रीको विम्ब आयो। तिथि, मिति र उनको नाम थाहा भएन। तर, पाकिस्तानमा जुन जस्तो सरकार बने पनि उनी परराष्ट्रमन्त्री बन्थे। उनको छवि त्यस्तो बनेको थियो। पकिस्तानको परराष्ट्र नीतिलाई उनले सही ढंगले अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्छन् भन्ने सबैलाई विश्वास थियोे।
अब गणेशमान सिंहको त के कुरा गर्ने? राजाले प्रधानमन्त्री बन्नुहोस् भन्दा मभन्दा मेरा साथी कृष्णप्रसाद भट्टराई योग्य र सक्षम हुनुहुन्छ भनेर पर सर्नु भयो। उहाँले योग्यता पनि देखाउनुभयो। व्यक्तिगत रूपमा भेषबहादुर थापाले पनि दिल्लीमा राजदूत भएर बस्दा हामी पत्रकारलाई केही कुरा सुनाउनुभएको थियो।
उचित ठाउँमा उचित मान्छेको नियुक्ति गर्दा त्यो मान्छेसँग परामर्श गर्ने चलन छ। हिजोेआज त पद पाए भयो। यो पदअनुसार म उपयुक्त छु वा छैन, गर्न सक्छु वा सक्दिन, मेरो स्वभाव र बानीव्यहोराले मिल्छ वा मिल्दैन भनेर नियुक्तिमा जाने मान्छेले सोच्दै सोच्दैन। तर, नेपालमा यस्ता मान्छे पनि छन्, जसले म यसमा बस्दिनँ, उहाँलाई दिनुहोस्।
पहिलो प्रसंग २०१५ सालको आमचुनावपछिको हो। प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अर्घाखाँचीबाट चुनाव जितेका काशीनाथ गौतम र तनहुँबाट जितेका श्रीभद्र शर्मामध्ये कसलाई मन्त्री बनाऊँ भन्ने द्विविधा परेछ। श्रीभद्रजी त्यसबेला पार्टीको महामन्त्री थिए। मन्त्री नपाए मर्छु भनेर काशीनाथजी धम्की दिने, श्रीभद्रलाई बीपीको इच्छा मन्त्री बनाउने क्या फसाद ! बीपीले यो कुरा सुनाएपछि श्रीभद्र स्वयंले सरकारभन्दा मलाई पार्टीकै काम गर्ने इच्छा छ भनेर बाटो खोली दिनुभएछ।
अब गणेशमान सिंहको त के कुरा गर्ने? राजाले प्रधानमन्त्री बन्नुहोस् भन्दा मभन्दा मेरा साथी कृष्णप्रसाद भट्टराई योग्य र सक्षम हुनुहुन्छ भनेर पर सर्नु भयो। उहाँले योग्यता पनि देखाउनुभयो। व्यक्तिगत रूपमा भेषबहादुर थापाले पनि दिल्लीमा राजदूत भएर बस्दा हामी पत्रकारलाई केही कुरा सुनाउनुभएको थियो। हामीले तपाइलाई त अमेरिकाको राजदूतको अफर थियो किन जानुभएन भन्दा अमेरिकामा बसेरभन्दा भारतमा बसेर म नेपालका हितमा केही काम गर्न सक्छु। यस्ता कुरा आफैँ निर्णय गर्नुपर्छ।
राज्य सञ्चालनका यन्त्रहरू ठीक ठाउँमा मिलाएर राख्न सकिएन भने सारा काम लथालिंग, भताभुंग भएर जान्छ। नजिक बस्नेहरूका कुरा मात्र सुनेर मख्ख पर्ने र मस्त हुने बानी लागेपछि जनता र देश–विदेशका समस्या बुझ्न सकिन्न, यो त राजाको सुरक्षा गर्न तरबार लिएर बसेको बाँदरले राजाका नाकको झिँगो काट्न खोज्दा राजाको गर्दन उडाएजस्तो हुन्छ।