- श्रीविलास दाहाल
नेपाली कांग्रेसले वैशाख ११ गतेलाई ‘लोकतन्त्र दिवस’को संज्ञा दिएर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न थालेको छ। यो दिवसले संवैधानिक र राष्ट्रिय मान्यता पाएको छैन। तर, यो दिवसको महत्त्व भने कम छैन। २०६२/६३ को आन्दोलनमा वैशाख ११ गते राजा ज्ञानेन्द्रले घुँडा टेकेर लोकतन्त्र आएको हो, नेपालमा यसको ठूलो महत्त्व छ।
नेपाली कांग्रेसले २००७ साल फागुन ७ गते १०४ वर्षको राणाशाहीलाई परास्त गरेको हो। यस दिनको सम्झनामा फागुन ७ गते ‘प्रजातन्त्र दिवस’ मनाइँदै आएको हो। त्यो दिवस अहिले ओझेलमा पारिएको छ। राजा महेन्द्रले २०१७ सालमा सैनिक ‘कू’ गरेर २०१५ सालमा वालिग मताधिकारबाट निर्वाचित संसद् र सरकारलाई बर्खास्त गरेपछि पनि फागुन ७ गते मनाउँदै आएको ‘प्रजातन्त्र दिवस’लाई मनाउन छाडेनन्। पञ्चायत कालभरि पनि यसलाई मनाइयो।
संविधान सभाले संविधान पारित गरेर घोषणा गरेको दिनलाई हामीले ‘राष्ट्रिय दिवस र लोकतन्त्र दिवस’ भनेर भव्य रूपमा एकैपटक मनाउनुपर्ने हो। गणतन्त्र त एउटा राजनीतिक शासन पद्धति हो। नेपालमा गणतन्त्रात्मक पद्धति प्राचीन कालदेखि नै चलिआएको ऐतिहासिक तथ्य प्राप्त छन्।
प्रजातन्त्र, लोकतन्त्र हुँदै नेपाल अहिले गणतन्त्रमा प्रवेशचैँ गरेको छ। गणतन्त्र संस्थागत हुन अझै कति लाग्छ? त्यो थाहा छैन। २००७ सालको परिवर्तनपछि नै नेपालले ‘संविधान सभा’को कल्पना गरेको हो। त्यो साकार हुन झन्डै सात दशक लाग्यो। अनेक राजनीतिक प्रसव वेदना अनि हिंसा, आतंक, ठूलो जनधनको क्षति भएर मात्र। त्यो पनि दुईपटक संविधान सभाको चुनाव गराएर, भारतको प्रत्यक्ष विरोध र अवरोधलाई पार गर्दै, संविधान सभाबाट नेपालले अहिले संविधान पाएको छ। यो ठूलो उपलब्धि हो। यो गौरवको विषय पनि हो।
संविधान सभाले संविधान पारित गरेर घोषणा गरेको दिनलाई हामीले ‘राष्ट्रिय दिवस र लोकतन्त्र दिवस’ भनेर भव्य रूपमा एकैपटक मनाउनुपर्ने हो। गणतन्त्र त एउटा राजनीतिक शासन पद्धति हो। नेपालमा गणतन्त्रात्मक पद्धति प्राचीन कालदेखि नै चलिआएको ऐतिहासिक तथ्य प्राप्त छन्। शाक्य वंशी राजा र लिच्छवि राजाहरूका पालामा गणतन्त्रात्मक शासन पद्धति थियो भने मान्यता छ। नेपाल कहिल्यै पराधीन हुनु नपरेकाले हामीले ‘स्वतन्त्रता दिवस’ मनाउने प्रश्न नै आएन। अहिले हामीले मनाउँदै आएका दिवस धेरै अप्रासंगिक छन्।
देशका सबै अंगको विकास, कार्यपालिका, न्यायपालिक, विधायिका, प्रेस, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, उद्योग, व्यापार आदि इत्यादि विकास गर्न दलीय प्रतिस्पर्धा र सांगठनिक प्रयासबाटै हुनसक्छ भनेका हुन्, कम्युनिष्टका त कति दिवस छन् छन्, जो आवश्यक छैनन्।
विभिन्न पार्टीले आफ्नो राजनीतिक शक्ति बढाउन र राजनीतिक पार्टीभित्र पनि आफ्नो गुट बलियो पार्न अनेक दिवस मनाउने चलन आएको छ। नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउँछ। यो दिवसको अब कुनै औचित्य छैन। बीपी कोइरालाले राजतन्त्रसँग टसल नहोस् भनेर यो नारा बनाएका थिए। उनले यसको सानो परिभाषा पनि दिए। राष्ट्रिय एकताका लागि राजतन्त्र अनिवार्य छ। नेपालमा अनेक जातजाति भएकाले र नेपालको गोरखाका राजाले यो वर्तमान नेपालको एकीकरण गरेकाले राजतन्त्रलाई सबैले स्वीकार्छन्।
तर, विकासका लागि प्रजातन्त्र चाहिन्छ। प्रजातान्त्रिक हक र अधिकार भएन भने विकास सम्भव छैन। देशको सर्वाङ्गीण विकास अर्थात् देशका सबै अंगको विकास, कार्यपालिका, न्यायपालिक, विधायिका, प्रेस, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, उद्योग, व्यापार आदि इत्यादि विकास गर्न दलीय प्रतिस्पर्धा र सांगठनिक प्रयासबाटै हुनसक्छ भनेका हुन्, कम्युनिष्टका त कति दिवस छन् छन्, जो आवश्यक छैनन्।
गणेशमान र गिरिजाले काँधमा हालेर ल्याए। तर, लोकतान्त्रिक हुन सकेका छैनन्। व्यवहार, विचार, वचन र कर्ममा धेरै अन्तर छ। नयाँ संविधानको सञ्चालनमा आएका त्यो पनि दुई तिहाइ बहुमत पाएका प्रधानमन्त्री ओली हिजो कांग्रेसलाई राजा र धर्मतिर लाग्यो भन्ने, भोलिपर्सि राजा र धर्म दुवै ल्याएर लोकतान्त्रिक भएको कम्बोडिया जाँदै हुनुहुन्छ।
सौभाग्यले, धेरै परिश्रमले हामीले संविधान बनाएका छौँ। यो सबै नेपालीको साझा दस्तावेज मूल कानून हो। लिखित संविधान बनाउने राष्ट्रमा नेपाल पनि दरिएको छ। मौलिक अधिकार र समावेशितामा यो संसारका धेरै लिखित संविधानभन्दा अब्बल छ। यो संविधान कुनै धर्मसम्प्रदायको धार्मिक ग्रन्थ होइन। नेपाली जनतामा यसले केही अप्ठेरो पार्यो, यसले दिएका अधिकारले अशान्ति र अव्यवस्था फैलायो भने यसलाई संशोधन गर्न सकिन्छ। यसलाई दुरुपयोगबाट रोक्न सकिन्छ।
अहिले नेपालको दलीय स्थिति दयनीय छ। कम्युनिष्ट स्कुलिङका पार्टीलाई लोकतान्त्रिक बनाउन कांग्रेसका विशेष गरेर गणेशमान र गिरिजाले काँधमा हालेर ल्याए। तर, लोकतान्त्रिक हुन सकेका छैनन्। व्यवहार, विचार, वचन र कर्ममा धेरै अन्तर छ। नयाँ संविधानको सञ्चालनमा आएका त्यो पनि दुई तिहाइ बहुमत पाएका प्रधानमन्त्री ओली हिजो कांग्रेसलाई राजा र धर्मतिर लाग्यो भन्ने, भोलिपर्सि राजा र धर्म दुवै ल्याएर लोकतान्त्रिक भएको कम्बोडिया जाँदै हुनुहुन्छ। यस्तो वचन र व्यवहारले त देश, व्यवस्था, केही बन्ने वाला छैन।