काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार नतिजा सार्वजनिक गरेको हो ।
अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ३१६ जना छन् । वैकल्पिक सूचीमा रहेको उमेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।