मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संविधान प्रदत्त तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उनले संसदमा प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ । संविधानको व्यवस्था भए अनुसारको साझा अधिकारको कार्यान्वयनमा समन्वय र सहकार्य गर्न नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेशका सबै क्षेत्रगत नीति कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात् गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्र्थापनालाई प्राथमिकता दिने जनाएको छ ।