काठमाडौँ । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् ।
गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२)का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।
पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनि आजै दिउँसो पोखरा फर्कँदै छन् ।