काठमाडौं। कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको झडप भएको छ।
कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो। मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेपछि झडप भएको हो।
सो क्रममा मिटरब्याज पीडितहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट ५ जना घाइते भएका छन् भने २० जना पक्राउ परेका छन्।
न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका बसिरहेका छन्। ४१ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए।