काठमाडौं। हिरासतमा रहेकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बित भएका छन्।
शुक्रबार बिहान २ बजेतिर हिरासतबाट निकालेर भवनको माथिल्लो तलामा रहेको आफ्नो कोठामा लगेपछि महिलामाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका परेका थिए र उनीविरुद्व मुद्दा दर्ता भएको थियो।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए। उनले भने, ‘मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन। अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ।’
असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्लाखल्ला गरेका थिए।
प्रहरीका अनुसार बहुविवाह मुद्दामा ती महिला साउन ११ गते पक्राउ परेकी थिइन्।