भोजपुरी भाषामा लिखित पुस्तक ‘सोन किरिनीया’ तथा ‘कहाँ गईल उ दिन’ को बिमोचन आज एक समारोहका बिच गरिएको ।
भोजपुरी भाषाका लेखक सुरेन्द्र गिरिद्धारा लिखित दुबै पुस्तकको बिमोचन जिल्ला समन्वय समिती बाराका प्रमुख नवलकिशोर सिंहले गरेका हुन् ।
भोजपुरी भाषाको सम्वद्र्धन तथा संरक्षणका लागी बाराको देवताल गाउँपालकाको आर्थिक सहयोगमा प्रकाशित गरिएको दुबै पुस्तकको आज देवताल गाउँपालिको पिप्राढीमा बिमोचन गरिएको हो ।
देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा आयोजित समारोहमा भोजपुरी भाषाको बिकाश तथा प्रवद्र्धनका लागि थप छलफल समेत गरिएको थियो ।
समारोहमा गाउँपालिका अध्यक्ष सिंहले भोजपुरी भाषाका विज्ञहरु उमाशंकर द्विवेदी, लटपट वृजेश, रामप्रसाद साह, जगदिश पंकज, अजमत अली, सुनिल कुमार तथा प्रकाश कुमार साह लगायतकालाई भोजपुरी भाषाको संरक्षणका निम्ति गरेका योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।