नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
बिहीबार बिहान विज्ञप्ती जारी गर्दै उनले भनेका थिए, ‘म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।’
एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए ।
प्रचण्डले ओलीलाई दिएको चुनौती एमाले नेता महेश बस्नेतले जवाफ दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पूर्व राजा ज्ञानेन्द्र र प्रचण्डबीच एकको ५ बुँदे सहमति सार्वजनिक गरेका छन् ।
१. राजा ज्ञानेन्द्रले तात्कालिन संसदीय राजनीतिक दलहरुलाइ स्याक गर्नु पर्ने, सबै नेताहरुलाइ जेल चलान गरेर पार्टीहरुलाइ प्रतिबन्ध लाउनु पर्ने । त्यसै अनुरुप २०६० माघ १९ को घटना घटाइएको थियो ।
२. ज्ञानेन्द्र राजा रहने र माओबादीलाइ निशर्त सत्ता सुम्पिनु पर्ने ।
३. राजा ज्ञानेन्द्र नयाँ राजा भएकाले उनलाइ देशभरी डुलेर नागरिक अभिनन्दन गर्न दिनु पर्ने र ज्ञानेन्द्रले लोकप्रियता बढाउन पाउनु पर्ने । यस अनुसार माओबादी युद्धकै विचमा उनि नागरिक अभिनन्दन गर्न देश घुमेका थिए ।
४. तात्कालिन माओबादी लडाकुलाइ निशर्त नेपाली सेनामा मिसाउनु पर्ने ।
५. जेलमा रहेका सबै माओबादी नेता कार्यकर्ताको रिहाइ गर्नु पर्ने ।