प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसका अर्का उम्मेदवार डा. कल्याण गुरुङले पनि समर्थ जनाएका छन् ।
कांग्रेस १४औँ महाधिवेनमा सबैभन्दा बढी मत ल्याएका देउवाको पक्षमा समर्थन रहेको गुरुङले बताए ।
‘हामीले महाधिवेशन निर्वाचनको समीक्षा गर्दै सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय लिएका छौँ’, गुरुङले भने ।
गुरुङले सबैभन्दा कम २० मत प्राप्त गरेका थिए । यसअघि देउवालाई प्रकाशमान सिंह र बिमलेन्द्र निधिले समर्थन गर्ने प्रतिवद्धता जनाइसक्केका छन् ।