वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।
नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुने कार्यक्रम रहेको छ ।सत्तागठबन्धन माओवादी केन्द्रले दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल रहेका छन् ।
खड्का माओवादीको वागमती प्रदेश कमिटीको अध्यक्षका प्रमुख दाबेदार समेत हुन् । पदाधिकारी चयन नहुँदै खड्कालाई मन्त्री बनाइएको छ ।