नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत प्रदेशतर्फको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार जंगीलाल रायले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएपछि प्रदेश २ बाट खुलातर्फ ढुंगाना र रिजाल निर्विरोध केन्द्रीय सदस्य बनेका हुन् ।
निर्विरोध केन्द्रीय सदस्य बनेका ढुंगाना र रिजाल सभापति पदका उम्मेदवार शेरबहादुर देउवा प्यानलका हुन् ।
प्रदेशमा केन्द्रीय सदस्यमा एक महिलासहित तीन जना हुन्छ । एक जनाले उम्मेदवारी फिर्ता लिएपछि अब महिलामा मात्रै चुनाव हुने भएको छ ।