रहस्यमयि आगलागिका कारण प्रदेश २ को बारा जिल्लामा ५ घर नष्ट भएका छन् ।
शुक्रवारदेखि सल्किन शुरु भएको आगोले जिल्लाको कलैया उपमहानगरपालिका वडा न.१० मटिअर्वामा ५ घर जलेर नष्ट भएका हुन् ।
आफै सल्किने र निभ्ने गरेको रहस्यमयि आगोले मंगलवारसम्म ५ घर नष्ट पारेको हो । जलेका सबैघर बिपिन्न समुदायको हो । ति घरहरु दाउरा तथा माटोले बनाईएका हुन् ।
स्थानिय वडाध्यक्ष शंकर गुप्ताका अनुसार अचानक घरहरुको छानोमा आगो लागेर घरहरु जलेका हुन् ।
आगोका कारण विपन्न समुदायका परिवारका खाने, बस्ने, लाउने लगायतका सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुप्ताले बताए ।
दैनिक ज्यालादारी गरि जिबिको पार्जन गर्ने समुदायको घरवार सखाप भएपछि उनिहरुको उठिबास भएको छ ।
तत्कालका लागि वडाध्यक्ष गुप्ताले व्यक्तिगत रुपमा ८ हजार रुपया सहयोग गरेका छन् । अन्य स्थानिय केहि नेताहरुले व्यक्तिगत केहि रकम सहयोग गरेको भएतापनि कलैया उपमहानगरपालिका र अन्य जनप्रतिनिधिहरुले सहयोगको चासो नदेखाएको पिडितहरुले बताए ।
स्थानिय प्रशासनले सोमवार घटनाको अध्ययन समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको नेतृत्वमा घटनाको अनुगमन गरिएको हो ।
अनुगमन पश्चात पिडितहरुलाई तत्कालका लागि अस्थायि रुपमा खानेकुरा तथा बासको व्यवस्था गरिएको वडाध्यक्ष गुप्ताले बताए ।