नेपाली राजनिति जगतमा अहिले नेपालका लागि पुर्व भारतिय राजदुत रंजीत रे ले लेखेको ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ नामक पुस्तकको खुबै चर्चा छ ।
पुस्तकमा रेले नेपालमा भारतिय राजदुतको रुपमा काम गरिरहंदा संगालेका अनुभव तथा भोगाई र नेपाल–भारतबिचको सम्बन्धबारे बिस्तृत रुपमा बयान गरेका छन् ।
उनले सबभन्दा बढी नेपाल–भारत सम्बन्ध र आफ्नो कार्यकालमा नेपालका नेतृत्व तहका नेता तथा पूर्वप्रधाानमन्त्रीहरुको चर्चा लगायत केहि बिवादित बिषयबस्तुहरुको समेत चर्चा पुस्तकमा गरेका छन् ।
त्यस्तै चर्चा गर्दै एक उनले काठमाडौं स्थित दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रिपुर्ण फुटबल खेलको समेत स्मरण गरेका छन् ।
उक्त खेल देख्न गएको बेला नेपाली दर्शकहरुले बिदेशि खेलाडिहरुलाई भन्नै नहुने शब्दबारे समेत उनले प्रष्ट पारेका छन् ।
पूर्वराजदूत रेले नेपाल–भारतबीच फुटबल म्याचमा फुटबल खेल्न आएका भारतीय खेलाडीलाई दर्शकले धोती भनेको प्रंसग उल्लेख गर्दै भन्नै नहुने शब्द प्रयोग गरिएछि आफु कयौं कार्यक्रमहरुमा सहभागि नभएकोे पुस्तकमा उल्लेख गरेका छन ।
‘आफ्नो देशको राष्ट्रवादी सोच र भावनाले ओतप्रोत भई जो कोहि पनि खेल मैदानमा उत्रन्छ’, रेले उल्लेख गरे– ‘तर केही दर्शकले खेलाडीहरुलाई ‘धोती’ भने र ‘बुद्ध नेपालमा जन्मिएका हुन्,’ भनि हुटिंग गरे ।’
त्यही व्यवहारकै कारण आफु कतिपय समय सार्वजनिक समारोह तथा कार्यक्रमहरुमा जानै छोडेकोे उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सो समयकालमा भारतलाई होच्याउनु नै नेपाली राष्ट्रवाद हो भन्ने सोच र त्यो गर्ने अभियान काठमाडौंमा खुबै चलेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।